logo
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

श्रमिक सूचना बैंक

सिंहदरबार, काठमाडौँ

प्रारम्भिक अवधारणा

नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

सिंहदरवार

2077/5/3


श्रमिक सूचना बैंक : प्रारम्भिक अवधारणा


(Labour-Force Information Bank – WWW.LIB.GOV.NP)


 

* हाल श्रम बजारको मुख्य चुनौति निम्नानुसार देखिएको :

          * मुलुकका श्रमयोग्य जनशक्ति (दक्ष, अर्ध-दक्ष र अदक्ष) वा श्रमिकको वैयक्तिक विवरण एकीकृत स्वरुपमा नरहेको

          * उपलब्ध रोजगारका अवसर र सीपमूलक तालिमबीच तादाम्यता हुन नसकेको (Skill Mismatch)

          * रोजगारदाताका लागि आवश्यक सीपयुक्त जनशक्ति र विद्यमान शैक्षिक वा सीपमूलक तालिमबीच सामन्जस्यता कायम हुन नसकेको (Job and Education/Training Mismatch)

          * औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको विवरण एकिकृत रूपमा नरहेको

          * क्षेत्रगत सरकारी निकायहरुमा रहेका श्रम तथा श्रमिकसम्बन्धी सूचनाहरु एकापसमा अन्तर­-आवद्ध (inter-connected) हुन नसकेको आदि

* श्रम गर्न सक्ने उमेर(१८-५९वर्ष) का नेपाली नागरिकको रोजगार, स्वरोजगार र बेरोजगारको अवस्थाको यथार्थ विवरण राज्यसँग रहनु पर्ने

* तसर्थ श्रमिक सूचना बैंकले मुलुक भित्र श्रमयोग्य जनशक्तिको बैयक्तिक सम्पूर्ण विवरणलाई एकीकृत रुपमा विधुत्तीय माध्यममा संकलन, व्यवस्थापन तथा विश्लेषण गर्ने पद्धतिको विकास गर्ने लक्ष्य रहेको

* अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा श्रमिक, रोजगारदाता र श्रम बजारका सम्पूर्ण सूचनाको संग्रहले तथ्यमा आधारित नीति र नतिजामा आधारित ब्यवस्थापनको आधार तयार हुनेछ । सूचना प्रबिधीमैत्री प्रस्तावित पद्धतिबाट श्रम बजारको माग र उपलब्धताको वास्तविक विवरण यकिन हुने हुँदा नीतिगत, कार्यक्रमगत र व्यवहारगत सुधारको थालनी भै असल श्रम सम्बन्धको विकास हुने भएकोले श्रमको उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने

* श्रम शक्तिको यकिन विवरण रहने श्रमिक सुचना बैंङ्कको स्थापनाले देशमा औद्योगिकरणको प्रक्रियामा थप मद्दत पुग्ने विश्वास लिईएको ।

* विद्यमान तथ्य:

जनसांख्यिक र रोजगारीको विवरण

जनसंख्याको विवरण

विवरण

गणना वर्ष

आँकडा

श्रोत

कूल जनसंख्या

२०७७

3,00,92,179

२०६८ को जनगणनाको आधारमा २०७७ को जनसंख्या निर्धारण गरिएको ।

०-१४ वर्ष उमेर समूह

२०७७

67,76,648

१५-१७ वर्ष उमेर समृह

२०७७

19,90,645

१८-५९ उमेर समूहको

२०७७

1,77,97,229

६०-६९ वर्ष उमेर समूह

२०७७

17,35,002

७० देखि माथि

२०७७

17,92,655

       

रोजगारी तथा गरिबीको अवस्था

रोजगारीमा संलग्न

सन् २०१८

70,86,000

सन् २०१७/१८ को श्रमशक्ति सर्वेक्षण (केन्द्रिय तथ्याङ्क विभाग)

श्रमशक्ति वाहिरको जनसंख्या

सन् २०१८

1,27,50,000

सन् २०१७/१८ को श्रमशक्ति सर्वेक्षण (केन्द्रिय तथ्याङ्क विभाग)

बेरोजगार व्यक्ति संख्या

सन् २०१८

9,08,000

सन् २०१७/१८ को श्रमशक्ति सर्वेक्षण (केन्द्रिय तथ्याङ्क विभाग)

गरीव १८.१६ %

२०७७

54,64,740

केन्द्रिय तथ्याङ्क विभाग

गरीव घर परिवार संख्या (४.६ जना प्रति परिवार)

२०७७

11,87,987

केन्द्रिय तथ्याङ्क विभाग

       

सामाजिक सुरक्षा र अपाङ्गता भएका व्यक्तिको संख्या

अपाङ्गता भएका जनसंख्या

२०७७

५८३७८८

कूल जनसंख्याको १.९४% का आधारमा

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने

२०७७

३००००००

आर्थिक सर्वेक्षण, २०७७

       

विदेशमा रहेका नेपाली

श्रम स्वीकृति लिएका

२०७७

42,78,208

सन् २०६५/६६ देखि आ.व. २०७६/७७ सम्म श्रम स्वीकृति लिएका (श्रोत: वैदेशिक रोजगार विभाग)

वैदेशिक अध्ययनमा रहेका – No Obejection Letter लिएका

२०७६ असार

2,64,159

शिक्षा मन्त्रालय, ५ वर्षको तथ्याङ्क

श्रम बजारमा प्रवेश गर्ने श्रम शक्तिको योग्यता, ज्ञान, सीप, दक्षता तथा अनुभवको विवरण लेखांकन गरी कुन क्षेत्र, पेशा वा व्यवासायमा रोजगार वा स्वरोजगारमा रहेका छन् भन्ने अत्यावश्यक विवरण सूचना प्रविधिमा आवद्ध गरी श्रमिक र रोजगारको क्षेत्र सम्बधी विस्तृत सूचना रहने श्रमिक सूचना बैंक स्थापना गर्नु आवश्यक हुन्छ

श्रमिक सूचना बैंकले मुख्यत: निम्न बिषयहरुलाई समेट्ने छ:­-

१. श्रम बजारमा रहेका तथा प्रवेश गर्ने (१८-५९ वर्ष उमेरका) श्रमयोग्य जनशक्तिको ज्ञान, सीप, क्षमता, योग्यता र अनुभव समेतको सम्पूर्ण विवरण संकलन गर्ने र सो को विवरण बिधुत्तीय माध्यमबाट वास्तविक समयको तथ्याङ्क (Real Time Information) को रुपमा उपलब्ध हुने,

२. स्थानीय तहगत रूपमा नाम, उमेर, पेशा, शैक्षिक योग्यता, दक्षता, तालिम, अनुभव, रोजगारीमा संलग्न भएको विवरण, आय, बैक खाता, NID No. आदिको विवरण अध्यावधिक हुने,

३. श्रम बजारमा प्रवेश गर्ने श्रमिकको बैयक्तिक विवरण स्वचालित प्रणाली मार्फत नियमित तथा अध्यावधिक हुने,

४. रोजगारको खोजिमा रहेका श्रमिक, श्रमिकको खोजिमा रहेका रोजगारदाता र श्रम बजारलाई ब्यवस्थित बनाउन सरकारले लिनुपर्ने नीति, रणनीति तथा कार्यक्रमकालागि तथ्यपरक सूचना उपलब्ध हुने,

५. उपलब्ध श्रम शक्तिको सीप तथा क्षमता विकासका क्षेत्रको अन्तर विश्लेषण (Skill Gap Analysis) गर्न सहज हुने,

६. श्रम सम्बन्ध ब्यवस्थापनको लागि आवश्यक सूचना प्राप्तिमा सहज हुने,

७. श्रमिक लक्षित सामाजिक संरक्षण तथा सुरक्षाका कार्यहरु सञ्चालनमा सहजता हुने, Duplication, Inclusion Error र Exclusion Error हटाउन सहज हुने,

८. श्रमको सम्मानको सँस्कृतिको विकास भै असल श्रम सम्बन्धको विकास हुनुको साथै श्रमको उत्पादकत्व बृद्धि हुने,

९. स्वदेशी श्रम बजारको पूर्ण विवरण अध्यावधिक हुने भएकोले बैदेशिक रोजगारीको निर्भरता घटाउनुका साथै बैदेशिक रोजगारीका जोखिम घटाउन सहयोग पुग्ने,

१०. तथ्यमा आधारित नीति र नतिजामा आधारित ब्यवस्थापनको आधार निर्माण हुने आदि ।

 

३. अन्तर-आवद्धता सहितको एकीकृत प्रणालीको विकास

 

श्रमिक सूचना बैंक प्रणालीको स्थापना गर्दा देहायका विभिन्न क्षेत्रका तथ्यांकसँग अन्तर आवद्धता सहितको एकिकृत प्रणाली विकास गर्ने लक्ष राखिएको छ ।

 

४. तथ्यांक र सूचना संकलनको प्रवाह तथा स्वरुप र फाराम

तथ्यांक र सूचनाको संकलन निम्न दुई बिधिबाट गरिनेछ:

(अ) मौजुदा तथ्यांकको प्रयोग :

हाल उपलब्ध रहेका एकिकृत सूचनाहरू:

१. रोजगार व्यवस्थापन सूचना प्रणाली (EMIS) का सूचनाहरू

२. सामाजिक सूरक्षा कोषका सूचनाहरू

३. PIS निजामती + प्रहरी+ शिक्षक

४. PIS - नेपाली सेना

५. कर्मचारी संचय कोष

६. नागरिक लगानी कोष

७. FEMIS

८. National ID (18-59)

९. PAN

१०. EXIM Code

११. मतदाता नामावली आदि ।

(आ) प्रत्यक्ष सूचना संकलन :

मौजुदा तथ्यांकवाट संकलन हुन नसकेको वा नसक्ने प्रकृतिको सूचनाहरु प्राथमिक रुपमै संकलन गरिने ।

(इ) तथ्यांक र सूचना संकलनको फाराम :

राष्ट्रिय स्वरुपको श्रमिक सूचना बैंकको प्रयोजनका लागि विभिन्न प्रकारको विवरण आवश्यक पर्दछ। प्रारम्भिक रुपमा विश्लेषण गर्दा तथ्यांक र सूचना प्रवाहको फाराम निम्न बमोजिमको हुनेछ। साथै यसमा सरोकारवालाहरुसँग परामर्श पश्चात परिमार्जन गरी थप परिष्कृत गरिने लक्ष्य रहेको छ।

 

नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

सिंहदरवार

श्रमिक सूचना बैंक - विवरण संकलन फाराम

 

श्रमिक सूचना बैंक संचालन तथा व्यवस्थापनका लागि उपयुक्त कानूनी आधार तर्जुमा गर्नु आवश्यक रहेको । विशेषत: वैयक्तिक तथ्यांक संकलन, भण्डारण, विश्लेषण तथा प्रतिवेदनका यावत व्यवस्थापनका लागि श्रमिक सूचना बैंक (संचालन तथा व्यवस्थापन) को कार्यविधि सम्बन्धी कानूनी आधार समेत तर्जुमा अत्यावश्यक रहेको ।

६. श्रमिक सूचना बैंक स्थापना - गर्नुपर्ने चरणवद्ध क्रियाकलाप

विस्तृत प्राविधिक र व्यवस्थापकीय अध्ययन :

श्रमिक सूचना बैंकको प्राविधिक, व्यवस्थापकीय तथा अन्य पक्ष समेत संलग्न गरी क्रियाकलाहरु निर्धारित गरी विषय विज्ञबाट तयार हुने विस्तृत गृह कार्यको आधारमा कार्य अगाडी बढाइने ।

श्रमिक सूचना बैंकको प्रणाली विकासबाट देहायको उपलब्धिहरु हाँसिल हुने अपेक्षा:

१. Labour Force Profile ­: श्रमयोग्य जनशक्तिको वैयक्तिक विवरण प्राप्ति र अद्यावधिक हुने ।

२. Labour Market Information: श्रम बजारमा उपलब्ध रोजगार र श्रमिकको योग्यताको जानकारी सरकारसँग रहने ।

३. सूचना प्रविधिमा आधारित प्रणालीको रुपमा Labour-Force Information Bank स्थापित हुने ।

४. Job Portal सँग आवद्ध गरिने – Job Search र Job Exchange Center को रुपमा विकसित हुने ।

५. Inter-Agencies Connectivity Development (बैदेशिक रोजगार विभाग, श्रम विभाग, उद्योग विभाग, सामाजिक सुरक्षा कोष, राष्ट्रिय परिचयपत्र, निर्वाचन आयोग कम्पनि रजिष्ट्रारको कार्यालय, आदि) र

६. Recording & Reporting timely: बहुआयामिक प्रतिवेदनहरु र Real-time तथ्यांक प्राप्त हुने ।

८. सुझाव आब्हान

सुझाब दिनको लागि यहाँ क्लिक गर्नुहोला